नियम ५घ
आर्थिक अनुदानको रकम फिर्ता गर्नु पर्ने

(१) नेपाल सरकारले यस नियमावली बमोजिम उपलब्ध गराएको आर्थिक अनुदानको रकम प्राप्त गरेको मितिले ३५ दिनभित्र पसल सञ्चालन गर्नु पर्नेछ । सो नगरेमा १५ दिनभित्र रकम फिर्ता बुझाउनु पर्नेछ । नबुझाएमा १० प्रतिशत व्याज सहित उक्त रकम सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।

(२) उपनियम (१) बमोजिम फिर्ता हुन आएको रकम र नियम ५ग. को उपनियम (३) बमोजिम असूल उपर गरिएको रकम दोहोरो नपर्ने गरी नियम ५ख. को उपनियम (४) बमोजिम छनौट गरिएको सहकारी संस्थालाई उपलब्ध गराउन सकिनेछ ।