दफा
आर्थिक वर्ष २०८०/८१ को निमित्त सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकारः
आर्थिक वर्ष २०८०/८१ को निमित्त अनुसूची-१ बमोजिम सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेक अनुसूची-२ को महल ३ मा उल्लिखित निकायले गर्ने सेवा र कार्यका निमित्त सोही अनुसूचीको महल ४ मा उल्लिखित चालू खर्च, महल ५ मा उल्लिखित पुँजीगत खर्च र महल ६ मा उल्लिखित वित्तीय व्यवस्थाको रकम समेत गरी महल ७ मा उल्लिखित जम्मा रकम रु. १४,२०,३४,६६,००,०००। - (अक्षेरेपि चौध खर्ब बीस अर्ब चौंतीस करोड छैसट्ठी लाख) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सङ्घीय सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।