दफा १३९
आर्थिक सहयोग गर्न नहुने
: सहकारी संस्थाको रकम सदस्य बाहेक अरु कसैलाई सामाजिक कार्यमा बाहेक अन्य कार्यका लागि आर्थिक सहयोग गर्न पाइने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि ‘सामाजिक कार्य’ भन्नाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानवीय सहायता, सहकारिता प्रवर्द्धन सम्बन्धी कार्यलाई जनाउँछ ।