दफा
आवास इकाईको बिक्री तथा अन्य व्यवस्था
(१) संस्थापकले आवास इकाईको पूरै रकम भुक्तानी लिई वा किस्ताबन्दीमा भुक्तानी लिने गरी आवास इकाई बिक्री गर्न सक्नेछ ।
(२) संस्थापकले कुनै व्यक्ति वा संस्थालाई आवास इकाई भाडा वा अन्य किसिमले भोग गर्न पाउने गरी दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम आवास इकाई बिक्री गर्दा वा भाडा वा अन्य तरीकाले भोग गर्न दिंदा दफा १५ मा उल्लेख भए बमोजिमको सम्झौता गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम आवास इकाई बिक्री गर्दा वा भाडा वा अन्य तरीकाले भोग गर्न दिंदा संस्थापकले आवास इकाई धनीलाई तोकिए बमोजिमको ढाँचामा प्रमाणपत्र समेत दिनु पर्नेछ ।