दफा ४
आवास सुविधा
(१) महान्यायाधिवक्तालाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोवस्त हुनेछ । त्यस्तो घरको बन्दोबस्त नभएकोमा वा काठमाडौं उपत्यकामा महान्यायाधिवक्ताको आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनु परेमा निजलाई घरभाडा बापत प्रतिमास निजको मासिक पारिश्रमिकको आधा रकम दिइनेछ ।
(२) आफ्नो घरमा बस्ने महान्यायाधिवक्तालाई घर मर्मत र सरसफाईको निमित्त अनुसूची– १ मा उल्लेख भए बमोजिमको रकम दिइनेछ ।
(३) उपदफा (१) बमोजिम महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त भएमा त्यस्तो घरको मर्मत र संभार नेपाल सरकारले गर्नेछ ।
(४) यस दफा बमोजिमको सुविधा महान्यायाधिवक्तालाई निजले आफ्नो पदबाट अवकाश पाएको मितिले सात दिनसम्म दिइनेछ ।