दफा
आवास सुविधा

(१) प्रदेश प्रमुखको आवासको लागि नेपाल सरकारले सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोवस्त गर्नेछ ।

(२) उपदफा (१) बमोजिम घरको बन्दोवस्त नभएसम्मको लागि प्रदेश प्रमुखलाई घर भाडा बापत प्रति महिना नेपाल सरकारले तोके बमोजिमको रकम उपलब्ध गराइनेछ ।

(३) उपदफा (१) बमोजिमको सरकारी आवासको मर्मत तथा सम्भार नेपाल सरकारले गर्नेछ ।

(४) उपदफा (१) बमोजिमको घरको लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारले गर्नेछ ।