दफा २३
आशयपत्र आह्वान गर्ने
(१) दफा २१ बमोजिम स्वीकृत परियोजनाको अध्ययन-अनुमति, सर्वेक्षण वा कार्यान्वयनका लागि सम्बन्धित निकायले सार्वजनिक सूचना प्रकाशन गरी आशयपत्र आह्वान गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचनामा देहायका विवरण खुलाउनु पर्नेछ:-
(क)आशयपत्र पेश गर्ने कार्यालय वा निकाय,
(ख)आशयपत्र पेश गर्ने अवधि,
(ग)आशयपत्रमा खुलाउनु पर्ने विवरण,
(घ)आशयपत्र साथ संलग्न गर्नु पर्ने कागजातहरु,
(ङ)प्रस्तावकको प्राविधिक तथा आर्थिक क्षमता,
(च)तोकिए बमोजिमका अन्य विवरण।