नियम १६
इच्छापत्र बनाउने

धनीले आफ्नो शेषपछि ऋणपत्रको सम्बन्धमा कसैलाई इच्छाउनु परेमा विभागमा निवेदन दिई विभागले अनुसूची–१४ बमोजिमको ढाँचामा इच्छापत्र बनाई दिनेछ र सोही इच्छापत्र बमोजिम विभागले ऋणपत्रको साँवा ब्याज भुक्तानी दिनेछ ।