नियम २७
इजलास सहायकको काम र कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम
र कर्तव्यका अतिरिक्त इजलास सहायकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :—
(क) न्यायाधिकरणमा पेश हुने मुद्दाको मिसिलहरु जिम्मा लिई मुद्दाको संक्षिप्त व्यहोरा न्यायाधिकरणलाई सुनाउने,
(ख) फैसला वा आदेश भएका, फैसला वा आदेश सुनाउन तारेख तोकिएका
र लगातार सुनुवाई हु“दै गरेका मुद्दाका मिसिल आफ्नो जिम्मा राख्ने,
(ग) सुनुवाई भएको मुद्दाको फैसला वा आदेश तयार गर्ने कार्यमा सदस्यलाई सहयोग गर्ने,
(घ) राय किताव जिम्मा लिने,
(ङ) रजिष्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएको कार्यहरु गर्ने ।