दफा
इजाजतपत्र खारेज गर्न सकिने
(१) कुनै इजाजपत्रवालाले इजाजतपत्र प्रदान गर्दा तोकिएको शर्तको उल्लङ्घन गरेमा केन्द्रले जुनसुकै समयमा त्यस्तो इजाजतपत्र खारेज गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र खारेज गर्नुअघि केन्द्रले सम्बन्धित इजाजतपत्रवालालाई पन्ध्र दिनको समय दिई इजाजतपत्र खारेज गर्नु नपर्ने कुनै मनासिब कारण भए पेश गर्नका लागि उचित मौका दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम इजाजतपत्र खारेज हुन नपर्ने कुनै कारण पेश भएमा वा सो समयभित्र कुनै जानकारी प्राप्त हुन नआएमा केन्द्रले पन्ध्र दिनभित्रमा इजाजतपत्र खारेज सम्बन्धमा आवश्यक निर्णय गरी सोको जानकारी सम्बन्धित इजाजतपत्रवालालाई दिनु पर्नेछ।
(४) उपदफा (२) बमोजिम इजाजतपत्र खारेजीको प्रारम्भ भई उपदफा (३) बमोजिमको निर्णय नभएसम्मको अवधिमा उक्त इजाजतपत्र स्वतः निलम्बन भएको मानिनेछ।