नियम
इजाजतपत्र जारी हुने प्रयोजन

तोकिएको माल वस्तुको निमित्त जारी हुने इजाजतपत्रहरु देहाय बमोजिम छुट्टा छुट्टै प्रयोजनको लागि हुनेछन्ः–
(क) निकासी इजाजतपत्रः–
(१) व्यापारिक तात्पर्यको लागि औद्योगिक तथा व्यापारिक फर्म कम्पनी वा संस्थानको नाममा जारी हुनेछ ।
(२) निजी प्रयोगको निमित्त जारी हुने ।
(३) नमूना, उपहार वा प्रचार प्रसारको उद्देश्यको निमित्त जारी हुने ।
(४) फिर्ता वा मर्मत गर्न लगिने माल वस्तुको निमित्त जारी हुने ।
(५) सरकारी कार्यालयको निमित्त जारी हुने ।
(ख) पैठारी इजाजतपत्रः–
(१) सरकारी कार्यालय, सरकारी स्वामित्व भएका संस्थान तथा समिति र सो अन्तर्गतका आयोजनाको नाममा जारी हुने ।
(२) सरकारी कार्यालय, सरकारी स्वामित्व भएका संस्थान तथा समिति अन्तर्गतका आयोजनाहरु सम्पन्न गर्नको निमित्त भएको ठेक्का पट्टा वा
करारनामाको तात्पर्यको निमित्त जारी हुने ।
(३) व्यापारिक तात्पर्यको लागि व्यापारिक फर्म, कम्पनी, संस्थानको नाममा जारी हुने ।
(४) नाफाको उद्देश्य नभई परोपकारी, सामाजिक, धार्मिक, शैक्षिक तथा अन्य यस्तै कल्याणकारी कार्यको लागि कुनै संस्था वा प्रतिष्ठानहरुको
नाममा जारी हुने ।
(५) निजी प्रयोगको निमित्त जारी हुने ।
(६) उद्योग, पर्यटन उद्योग, ट्राभल एजेन्सी वा यस्तै व्यवसाय सम्बन्धी फर्म वा कम्पनीको प्रयोगको निमित्त जारी हुने ।
(७) नमूना उपहार वा प्रचार प्रसारको उद्देश्यको निमित्त जारी हुने ।