नियम १९
इजाजतपत्र दिने अधिकारीको कर्तव्य
(१) स्थानीय अञ्चलाधीशले यस नियम अन्तर्गत
आफूले दिएको इजाजतपत्रहरूको यथार्थ लगत राख्नु पर्दछ र समय समयमा गृह
मन्त्रालयबाट मागे बमोजिमको प्रतिवेदन पेश गर्नु पर्छ ।
(२) कसैले नेपाली सेनाको नियन्त्रणमा रहेको कुनै ठाउ“ वा बोझबाहक वा
त्यसको आसपास बाहेक अन्यत्र विस्फोटक पदार्थ संलग्न कुनै विस्फोटन आगलागी वा
दुर्घटना भएको सुचना दिएमा वा आफूले थाहा भएमा स्थानीय अञ्चलाधीशले सो
विस्फोटन, आगलागी वा दुर्घटनाको कारणको जा“चबुझ गर्नु पर्छ र सो जा“चबुझबाट
देखिन आएको दुर्घटनाको कारण र परिस्थिति समेत खोली र त्यस्ता दुर्घटनाहरू अवदेखि
कसरी रोक्न सकिन्छ भन्ने आफ्नो सिफारिश र सुझाव भए त्यो पनि खोली नेपाल
सरकारमा लिखित प्रतिवेदन पेश गर्नु पर्छ ।
(३) ऐन वा सो ऐन अन्तर्गतको नियमको वर्खिलाप कुनै ठाउ“ वा बोझबाहकमा
कुनै विस्फोटक पदार्थ राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने काम
भएको भन्ने विश्वास हुने मनासिव माफिकको कारण सहित थाहा भएमा स्थानीय
अञ्चलाधीशले आफै गई वा कुनै व्यक्तिलाई पठाई सो ठाउ“ वा बोझबाहेक निरीक्षण
जा“चबुझ र खोजतलाशी गर्न गराउन र त्यस्ता विस्फोटक पदार्थ फेला परेमा त्यस्तालाई
कब्जा गर्न र रोक्का गर्नु गराउनु पर्छ ।