दफा १९
इजाजतपत्र नलिई आखेटोपहारको बिक्री वितरण वा व्यवसाय गर्न नपाईने
: (१) तोकिएको अधिकारीबाट इजाजतपत्र नलिई कुनै पनि व्यक्तिले आखेटोपहारको बिक्री वितरण गर्न वा कुनै किसिमले हक छाडी दिन बा आखेटोपहार सम्बन्धी कुनै व्यवसाय गर्न पाउने छैन ।

(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त व्यक्तिबाट खरिद गरेको वा हक हस्तान्तरण भई आफ्नो हक हुन आएको आखेटोपहार सम्बन्धित व्यक्तिले तोकिएको म्यादभित्र तोकिएको अधिकारी कहाँ दर्ता गराई स्वामित्वको निस्सा लिई राख्नु पर्छ ।