दफा २०
इजाजतपत्र निलम्बन गर्न सक्ने
(१) प्रमाणीकरण गर्ने निकायले इजाजतपत्र प्राप्त गर्नको लागि नियन्त्रक समक्ष पेश गरेको कागजात वा विवरण र वित्तीय तथा भौतिक स्रोत फरक वा झुट्टा भएमा वा कारोबार सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्तको पालना नगरेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन गरेको पाइएमा नियन्त्रकले तत्सम्बन्धमा जाँचबुझ पूरा नभएसम्मका लागि प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन गर्न सक्नेछ ।
तर त्यसरी इजाजतपत्र निलम्बन गर्नु अघि प्रमाणीकरण गर्ने निकायलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(२) इजाजतपत्र निलम्बन गर्ने सम्बन्धी अन्य कार्यविधि र तत्सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।