दफा ६६
इजाजतपत्र निलम्बन वा बदर गर्न सकिने
: (१) अदालतले दफा ६४ को उपदफा (३) बमोजिम इजाजतपत्रप्राप्त व्यक्तिले इजाजतपत्र अनुसारको काम नगरेको उजूरी परेमा वा कार्यालयले प्रतिवेदन गरेमा वा अदालत आफैँलाई लागेमा सोको कारबाही प्रारम्भ गरी त्यस्तो व्यक्तिको इजाजतपत्र निलम्बन वा बदर गर्ने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश दिनुअघि त्यस्तो व्यक्तिलाई सफाईको मौका दिनु पर्नेछ ।
(३) अदालतले देहायका आधारमा उपदफा (१) बमोजिमको आदेश दिन सक्नेछ ः-
(क) इजाजतपत्रप्राप्त व्यक्तिले यस ऐनबमोजिम गर्न नहुने काम गरेमा,
(ख) इजाजतपत्रप्राप्त व्यक्तिले यस ऐनबमोजिम गर्नु पर्ने काम लापरबाहीसाथ गरेमा वा ठीकसँग गर्न नसकेमा,
(ग) दामासाहीको व्यवसाय गर्ने इजाजतपत्रप्राप्त व्यक्ति आफैँ दामासाहीमा परेमा,
(घ) दामासाहीको व्यवसाय गर्न इजाजतपत्रप्राप्त व्यक्ति भ्रष्टाचार, ठगी वा कीर्ते जालसाजीको कसूरमा अदालतबाट दोषी ठहरिएमा ।