दफा २२
इजाजतपत्र निलम्बन वा रद्द गरिएको सूचना
(१) नियन्त्रकले दफा २० वा २१ बमोजिम कुनै प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र निलम्बन वा रद्द गर्ने गरी गरेको निर्णयको सूचना त्यस्तो प्रमाणीकरण गर्ने निकायलाई लिखित रुपमा दिनु पर्नेछ र त्यस्तो सूचना आफ्नो कम्प्युटर तथ्याङ्क आधारमा राखी विद्युतीय स्वरुपमा समेत प्रकाशन गर्नु पर्नेछ ।
(२) नियन्त्रकले इजाजतपत्र निलम्बन वा रद्द गरेको निर्णयको सूचना नेपाली र अंग्रेजी भाषाका कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिकामा दुई पटकसम्म प्रकाशन गर्नु पर्नेछ ।
तर त्यस्तो सूचना प्रकाशन नभएको कारणबाट नियन्त्रकले दफा २० वा २१ बमोजिम इजाजतपत्र निलम्बन वा रद्द गर्ने गरी गरेको निर्णय उपर कुनै असर पर्ने छैन ।