दफा ५
इजाजतपत्र प्रदान गर्न सक्ने
: (१) विभागले दफा ४ बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात तथा विवरणको अध्ययन गर्दा त्यस्तो कम्पनीलाई वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्रदान गर्न उपयुक्त देखिएमा निवेदन
प्राप्त भएको मितिले नब्बे दिनभित्र तोकिए बमोजिमको इजाजतपत्र दस्तुर र चुक्ता पूँजीको कम्तीमा पचास प्रतिशत नगद धरौटी वा सो बराबरको बैङ्क ग्यारेण्टी लिई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदनसाथ संलग्न कागजात तथा विवरण अध्ययन गर्दा निवेदकसँग थप कागजात वा विवरण माग गर्नुपर्ने वा पेश भएको कागजात वा विवरणका सम्बन्धमा थप स्पष्ट गर्नुपर्ने देखिएमा विभागले त्यस्तो कागजात वा विवरण माग गर्न वा
पेश भएको कागजात वा विवरणका सम्बन्धमा थप स्पष्ट गर्नको लागि अवधि तोकी आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा सम्बन्धित निवेदकले त्यस्तो आदेश बमोजिम तोकिएको अवधिभित्र विभागमा आवश्यक कागजात वा विवरण पेश गर्न वा पेश भएको कागजात वा विवरणमा थप स्पष्ट गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्दा विभागले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित शर्तका अतिरिक्त अन्य आवश्यक शर्त तोक्न सक्नेछ ।