दफा ६४
इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
: (१) दफा ६३ को उपदफा (१) बमोजिमको इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्तिले कार्यालयमा तोकिएको ढाँचामा तोकिएको दस्तूर सहित निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले देहायको शर्तहरू पूरा गरेको हुनु पर्नेछ :-
(क) पैंतीस वर्ष उमेर पूरा भएको,
(ख) तोकिएको पेशागत संस्थाको सदस्य भएको,
(ग) वाणिज्य कानुन, व्यापारशास्त्र, व्यवस्थापन वा लेखा वा तोकिएबमोजिमको अन्य विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोपाधि प्राप्त गरेको ।
(घ) नेपाल राज्यमा बसोबास गरेको,
(ङ) यस ऐनबमोजिम दामासाहीसम्बन्धी व्यवसाय सञ्चालन गर्न सक्षम भएको ।
(३) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा कार्यालयले दामासाही व्यवसाय सञ्चालन गर्न इजाजत दिन उपयुक्त ठहर्याएमा तोकिएको ढाँचामा इजाजतपत्र जारी गर्नेछ ।
(४) उपदफा (३) बमोजिम जारी भएको इजाजतपत्र तोकिएबमोजिम नवीकरण गर्नु पर्नेछ ।