दफा ६३
इजाजतपत्र प्राप्त नगरी दामासाही सम्बन्धी व्यवसाय गर्न नहुने
: (१) यस ऐनबमोजिम कार्यालयबाट इजाजतपत्र प्राप्त नगरी कसैले पनि दामासाहीसम्बन्धी व्यवसाय सञ्चालन गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको इजाजतपत्र प्राप्त नगरेको व्यक्तिलाई यस ऐनबमोजिम दामासाहीसम्बन्धी कारबाही गर्ने सिलसिलामा जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर नियुक्त गर्न हुँदैन । इजाजतपत्रप्राप्त व्यक्तिबाहेक अरू कसैलाई जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति स्वतः बदर हुनेछ ।