दफा १३
इजाजतपत्र रद्द गर्ने
: (१) इजाजतपत्रवालाले दफा १२ बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र रद्द हुनेछ ।
(२) इजाजतपत्रवालाले देहाय बमोजिमको कुनै कार्य गरेमा विभागले निजले पाएको इजाजतपत्र रद्द गर्न सक्नेछ :
“(क) झुट्टा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्राप्त गरेमा वा बैदेशिक रोजगारमा पठाएमा”
(ख) दफा ११ को उपदफा (३) बमोजिमको अवधिभित्र नगद धरौटी जम्मा नगरेमा,
(ग) दफा ११ को उपदफा (४) बमोजिम दिएको आदेश बमोजिम थप धरौटी दाखिला नगरेमा,
(घ) दफा ३५ को उपदफा (३) बमोजिम धरौटी रकम सोधभर्ना नगरेमा,
“(घ१) दफा १४ विपरीत स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गरेमा,
(घ२) लगातार दुर्इ वर्षसम्म वार्षिक एकसय जना पनि कामदार पठाउन नसकेमा,”
(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गरेमा ।
(३) उपदफा (२) बमोजिम इजाजतपत्र रद्द गर्नुअघि विभागले सम्बन्धित इजाजतपत्रवालालाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम इजाजतपत्र रद्द गर्ने गरी भएको निर्णयउपर चित्त नबुझ्ने इजाजतपत्रवालाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी पाएको मितिले पैंतीस दिनभित्र “मन्त्रालय” समक्ष पुनरावेदन दिन सक्नेछ र सो पुनरावेदनको सम्बन्धमा “मन्त्रालय” बाट भएकोनिर्णय अन्तिम हुनेछ ।