नियम ९
इजाजतपत्र वा प्रमाणपत्र दिन
नियम ८ बमोजिम जाँचबुझ गरिसकेपछि कार्यालयले परिषद्ले तोकिदिए बमोजिमको दस्तूर लिई दरखास्तवालालाई सम्बन्धित पदार्थ वा प्रक्रियामा गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न पाउने गरी अनुसूची–३ बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ र गुणस्तर प्रमाण–चिन्ह प्रयोग गर्न व्यवहारिक नहुने पदार्थ वा प्रक्रिया वा सेवाको हकमा परिषद्ले तोकिदिएको ढाँचामा गुणस्तरको प्रमाणपत्र दिन सक्नेछ ।