नियम ६
इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रको लागि देहायको कागजात र विवरण खुलाई अनुसूची–२ बमोजिमकोे ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ–
(क) संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) संस्थाको प्रवन्ध पत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,
(ग) स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(घ) संस्थाकोे विस्तृत व्यावसायिक कार्ययोजना,
(ङ) सञ्चालकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(च) .....
(छ) प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु बुझाउनु पर्ने कर फस्र्यौट गरेको निस्सा,
(ज) संस्थापक वा सञ्चालक नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(झ) इजाजतपत्र रद्द भएको संस्थाको सञ्चालक नभएको ।
(२) उपनियम (१) बमोजिम पेश भएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्थालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिन उपयुक्त देखेमा विभागले इजाजतपत्र दस्तुर बापत बीस हजार रुपैयाँ र ऐनको दफा ११ को
उपदफा (२) बमोजिमको धरौटी वा बैङ्क ग्यारेन्टी दाखिला गरेको निस्सा लिई अनुसूची–३ बमोजिमकोे ढाँचामा इजाजतपत्र दिनु पर्नेछ ।
(३) इजाजतपत्रबालाले आफ्नो स्वामित्व हस्तान्तरण बा परिवर्तन गर्दा बिभागको स्वीकृति लिनु पर्नेछ ।
(४) उपनियम (३) को प्रयोजनको लागि बिभागले स्वीकृति दिँदा कुनै इजाजतपत्रबालालाई दुई आर्थिक वर्षमा बढीमा एक पटक स्वामित्व हस्तान्तरण बा परिवर्तन गर्न स्बीकृति दिन सक्नेछ ।
(५) बिभागले मन्त्रालयको - स्वीकृति लिई इजाजतपत्रको नम्बर ८ अद्चावधिक/ गर्न आवश्यक व्यवस्था मिलाउनेछ ।