(१) इजाजतपत्र जारी गर्ने अधिकारीले देहायको अवस्थामा इजाजतपत्रलाई स्थगित वा बदर गर्न सक्नेछः–
(क) इजाजतपत्र जारी हुंदा कुनै व्यहोरा फरक परी इजाजतपत्र जारी हुन गएको छ भन्ने कुरा इजाजतपत्र जारी गर्ने अधिकारीलाई
लागेमा,
(ख) इजाजपत्र प्राप्त गर्नको निमित्त पेश गरेको दरखास्तको कुनै कुरा झुट्ठा हो भन्ने इजाजतपत्र जारी गर्ने अधिकारीले ठहराएमा,
(ग) नियम १४ बमोजिम इजाजतपत्र पाउनेबाट बञ्चित गरिएको व्यक्तिको नाउँमा इजाजतपत्र जारी भएको पाइएमा,
(घ) इजाजतपत्र प्राप्त व्यक्तिले ऐन वा यी नियमहरुमा लेखिएको कुनै कुरा उल्लंघन गरेमा वा इजाजतपत्रमा तोकिएको कुनै शर्त
विपरित काम गरेमा ।
(२) यी नियमहरुमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निकासी पैठारी व्यापारलाई बढी सुदृढ तुल्याउनु पर्ने विशेष अवस्था परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यी नियमहरु अन्तर्गत जारी भएको सबै वा कुनै इजाजतपत्र स्थगित गर्न वा बदर गर्न सक्नेछ ।