(१) इजाजतपत्र नवीकरण गर्न चाहने कम्पनीले इजाजतपत्रको अवधि समाप्त हुनु कम्तीमा तीस दिन अगावै कर चुक्ता प्रमाण र एकसय रुपैंयाँ निवेदन दस्तुर संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा विभागले सो निवेदनका सम्बन्धमा जाँचबुझ गरी इजाजतपत्र नवीकरण गर्न मनासिव देखिएमा दशहजार रुपैंया नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण दिनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्वन्धित कम्पनीले सो उपनियममा उल्लिखित अवधिभित्र नवीकरण गराउन नसकेको मनासिव कारण देखाई इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि उपनियम (१) मा उल्लिखित कागजात र निवेदन दस्तुर संलग्न गरी निवेदन दिएमा विभागले सो निवेदनका सम्बन्धमा जाँचबुझ गरी इजाजतपत्र नवीकरण गर्न मनासिव देखिएमा उपनियम (२) मा उल्लिखित दस्तुरको दोव्वर दस्तुर लिई इजाजतपत्र नवीकरण गरिदिनेछ ।
(४) यस नियम बमोजिम नवीकरण गराएको इजाजतपत्र पाँच वर्षसम्म मान्य रहनेछ ।
(५) उपनियम (३) मा उल्लिखित अवधिभित्र पनि इजाजतपत्र नवीकरण नगराउने कम्पनीको इजाजतपत्र स्वतः रद्द हुनेछ ।