नियम १३
इजाजतपत्रको नवीकरण
(१) ऐनको दफा ८ को उपदफा

(४) बमोजिम इजाजतपत्र नवीकरणको लागि देहायका कागजात संलग्न गरी अनुसूची-३ बमोजिमको नवीकरण दस्तुर सहित इजाजतपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले केन्द्र समक्ष अनुसूची-९ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ: "

(क) इजाजतपत्रको सक्कल प्रति,

(ख) कारोबारको वार्षिक परिमाण र मूल्य विवरण,

(ग) जीवनाशक विषादी पञ्जीकरण प्रमाणपत्र भए सोको प्रमाण,

(घ) अघिल्लो ८ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र्‌ कर चुक्ता प्रमाणपत्र, र

(ङ) पुनर्ताजगी तालिम लिएको प्रमाणपत्र ।

(२) उपनियम. (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी केन्द्रले ऐनको दफा ८ को उपदफा

(६) बमोजिम तीन वर्षका लागि इजाजतपत्रको नवीकरण गरिदिन सक्नेछ।