नियम
इजाजतपत्रको निमित्त दरखास्त दिंदाको कार्यविधि

(१) तोकिएको माल वस्तु निकासी पैठारी गर्न इजाजतपत्र लिन चाहने व्यक्ति वा सरकारी कार्यालयले
महानिर्देशक समक्ष निकासीको निमित्त भए अनुसूची–१ र पैठारीको निमित्त भए अनुसूची–२ बमोजिमको ढा“चामा दरखास्त दिनु पर्नेछ ।
(२) उप–नियम (१) बमोजिम इजाजतपत्र गरी गर्न मनासिव देखिएमा निकासीको निमित्त अनुसूची–३ र पैठारीको निमित्त अनुसूची–४ बमोजिमको ढाँचामा इजाजपत्र जारी गर्ने अधिकारीले इजाजतपत्र जारी गर्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास किसिमको इजाजतपत्र जारी गर्नु पर्ने गरी नेपाल सरकारले कुनै सम्झौता गरेको रहेछ भने सोही बमोजिम इजाजतपत्र जारी गर्नु पर्नेछ ।