नियम ३
इजाजतपत्रको प्रकार र विस्तार
(१) यस नियम बमोजिम निम्न लिखित ६ प्रकारका
इजाजतपत्रहरू दिन सकिनेछः–
(क) “बिक्री गर्ने इजाजतपत्र” पाएका व्यक्तिले विस्फोटक पदार्थ
किन्न, राख्न र बिक्री गर्न सक्नेछ,
(ख) “प्रयोग गर्ने इजाजतपत्र” पाएका व्यक्तिले विस्फोटक पदार्थ
किन्न राख्न र आफ्नै लागि प्रयोग गर्न सक्नेछ,
(ग) “नाइके” (फोरम्यान) को इजाजतपत्र पाएका व्यक्तिले
इजाजतपत्रवाला मालिकको कामको निमित्त विस्फोटक पदार्थको
हेरचाह गर्न सो मालिकको अरु कर्मचारीहरूलाई विस्फोटक
पदार्थ वितरण गर्न वा प्रयोग गर्न सक्नेछ,तर कुनै इजाजतपत्रवाला नाइकेको प्रत्यक्ष रेखदेखमा विस्फोटक
पदार्थ बोक्ने, चलाउने, वसार–पसार गर्ने समेत काममा
लगाइएका कामदारहरूले नाइकेको इजाजतपत्र लिन कर लाग्ने
छैन ।
(घ) “लाबोरेटरीमा विस्फोटक पदार्थ विषय अनुसन्धान गर्न
इजाजतपत्र” पाएका व्यक्ति वा संस्थाले विस्फोटक पदार्थको
परीक्षण गर्न, अनुसन्धान गर्न र त्यस्तो कामको निमित्त चाहिने
विस्फोटक पदार्थ किन्न र राख्न सक्नेछ,
(ङ) “पैठारी गर्ने इजाजतपत्र” पाएका व्यक्तिले विस्फोटक पदार्थ
पैठारी गर्न र राख्न सक्नेछ,
तर बिक्री समेत गर्न चाहेमा निजले बिक्री गर्ने इजाजतपत्र पनि
लिनु पर्नेछ ।
(च) “परिवहन गर्ने इजाजतपत्र” पाएका व्यक्तिले माथिको खण्ड (क),
(ख), (ग), (घ) र (ङ) मा उल्लिखित इजाजतपत्र पाएका
व्यक्तिहरूको लागि विस्फोटक पदार्थ वसार–पसार गर्न सक्नेछ,
तर यस्ता इजाजतपत्रवालाले स्थानीय अञ्चलाधीशछेउ आफ्नो
नाउ“ थर वतन लेखी दाखिल गरेपछि आफ्नो रेखदेखमा
विस्फोटक पदार्थ परिवहन गर्ने काममा लगाइएका व्यक्तिहरूले
छुट्टै परिवहनको इजाजतपत्र लिन कर लाग्ने छैन ।
(२) कुनै प्रकारका इजाजतपत्रवाला व्यक्तिले आफैले वा आफ्नो कार्यस्थलमा
आवश्यक मात्रामा आफ्ना कर्मचारीहरूद्वारा विस्फोटक पदार्थ चलाउन, थन्क्याइ राख्न र
परिवहन गर्न वा गराउन सक्नेछ ।
तर जुनसुकै अवस्थामा पनि आफ्ना कुनै इजाजतपत्र वा इजाजतपत्र नभएका
कर्मचारीहरूद्वारा गराइएका यस्ता कामहरूका लागि इजाजतपत्रवाला मालिक नै
जवाफदेही रहनेछ ।
(३) स्थानीय अञ्चलाधीशले/प्रमुख जिल्ला अधिकारीले इजाजतपत्र दिंदा
आवेदकको आवश्यकता र अनुभव अनुसार इजाजतपत्रमा तोकिदिएका परिमाणमा
तोकिदिएका किसिमका विस्फोटक पदार्थहरूका लागि लागू हुने गरी दिन सक्नेछ । यस्ताधध
इजाजतपत्र पाएका व्यक्तिले सोही इजाजतपत्रमा लेखिएका विस्फोटक पदार्थको किसिम र
परिमाणको सम्बन्धमा कुनै संशोधन गर्न चाहेमा सो चाहेको कुरा र त्यसको कारण समेत
खोली नया“ इजाजतपत्रको सरह दस्तूर राखी आवेदनपत्र दिनु पर्छ ।