नियम १५
इजाजतपत्रको मान्यताको अवधि र नवीकरण

१५. इजाजतपत्रको मान्यताको अवधि र नवीकरण

(१) नियम १२, १३ वा १४ बमोजिम प्रदान गरिएको इजाजतपत्रको मान्यताको अवधि ज्ञतीन वर्षको हुनेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र नवीकरण दस्तुर बापत विषादीको खुद्रा विक्रेताको इजाजतपत्रको लागि दुई सय रुपैया“, विषादी छर्कने व्यवसायीको इजाजतपत्रको लागि एक हजार रुपैया“ र विषादी संश्लेषण गर्ने इजाजतपत्रको लागि दुई हजार रुपैया“ संलग्न गरी नवीकरणको लागि समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्याद समाप्त भएको मितिले तीस दिनभित्र इजाजतपत्र नवीकरण गर्न आएमा बिलम्व शुल्क बापत विषादी खुद्रा विक्रेताको इजाजतपत्रको लागि थप तीन सय रुपैया“, विषादी छर्कने व्यवसायीको इजाजतपत्रको लागि थप एक हजार पा“च सय रुपैया“ र विषादी संश्लेषण गर्ने इजाजतपत्रको लागि थप तीन हजार रुपैया“ लिई नवीकरण गरी दिनु पर्नेछ । यसरी नवीकरण गरिएको इजाजतपत्रको मान्यताको अवधि दुई वर्षको हुनेछ ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र नवीकरण नगराइएका इजाजतपत्र स्वतः रद्द हुनेछन् ।