अनुसूची – १
(नियम ४ संग सम्बन्धित)
इजाजतपत्रको लागि दिने निवेदनको ढाँचा
मितिः …………………….
विषयः बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र पाउँ ।
श्री वाणिज्य विभाग,
बबरमहल, काठमाडौं ।
महोदय,
बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र पाउनको लागि मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ र मालसामानको बहुविधिक ढुवानी नियमावली, २०६६ अनुसार देहायका कागजात र निवेदन दस्तुर संलग्न गरी यो निवेदन पेश गरेको छु ।
निवेदक
कम्पनीको नाम :
कम्पनी दर्ता नं.:
कम्पनी रहेको ठेगाना :
कम्पनीको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,–
नामः
पदः
हस्ताक्षरः
मितिः
कम्पनीको छापः
संलग्न कागजात
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
२. व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
३. कर चुक्ता प्रमाणको प्रतिलिपि,
४. जनशक्ति, भौतिक सम्पत्ति र व्यवस्थापकीय क्षमताको विवरण,
५. नेपाल बाहिर आधिकारिक एजेण्ट रहेको कुरा खुल्ने कागजात,
६. निवेदन दस्तुर ।