दफा ११५
इलाका बाहिरको व्यक्तिको म्याद तामेली

(१) मुद्दा परेको अदालतको प्रादेशिक क्षेत्राधिकारभन्दा बाहिर रहे बसेको व्यक्तिको नामको म्याद तामेल गर्नुपर्दात्यस्तो अदालतको आदेश साथ निज रहे बसेको इलाकामा प्रादेशिक क्षेत्राधिकार भएको अदालतमा म्याद सहितको सूचनाकोआवश्यक प्रति पठाउनु पर्नेछ र त्यसरी पठाउँदा विद्युतीय माध्यमको समेत प्रयोग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अर्काे अदालतबाट म्याद सहितको सूचना प्राप्त भएमा त्यस्तो अदालतले पनि यस परिच्छेदबमोजिमकोरीत पुर्‍याई म्याद तामेल गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम म्याद तामेल भएपछि त्यस्तो अदालतले त्यस्तो म्याद सम्बन्धित अदालतमा पठाउनु पर्नेछ ।