दफा १५८
उच्च अदालतले श्रम अदालतको काम गर्ने
(१)यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापिन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै उच्च अदालतलाई क्षेत्राधिकार तोकी श्रम अदालतको काम गर्ने गरीतोकिदिन सक्नेछ ।
(२)उपदफा (१) बमोजिम तोकिएको उच्च अदालतले मुद्दाको कारबाहीर किनारा गर्दा यस परिच्छेद बमोजिम श्रम अदालतले प्रयोग गर्ने सबै अधिकार प्रयोग गर्न सक्नेछ।