नियम ४३
उच्चस्तरीय निर्देशन समिति
४३. उच्चस्तरीय निर्देशन समितिः
(१) ऐन र यस नियमावली बमोजिमको सुशासन कायम गर्ने सम्बन्धमा भए गरेका कार्यहरुको समय समयमा समीक्षा गर्न र आवश्यक निर्देशन दिन देहाय बमोजिमको उच्चस्तरीय निर्देशन समिति रहनेछः –
(क) प्रधानमन्त्री अध्यक्ष
(ख) उपप्रधानमन्त्री सदस्य
(ग) गृहमन्त्री सदस्य
(घ) अर्थ मन्त्री सदस्य
(ङ) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री सदस्य
(च) कानून, न्याय तथा संसदीय मामिला मन्त्री सदस्य
(२) समितिको बैठकमा आवश्यकता अनुसार अन्य मन्त्री तथा सम्बद्ध पदाधिकारी वा विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(३) समितिले आफ्नो कार्यविधि आफैं बनाई लागू गर्नेछ ।