नियम ७
उजुरी उपर प्रारम्भिक छानबिन गर्ने
(१) नियम ६ बमोजिम उजुरी दर्ता किताबमा दर्ता भएपछि आयोगले तोकेको .सदस्य वा त्यसरी तोकिएको सदस्य नभएमा अध्यक्षले ऐनको दफा ९ बमोजिमको प्रारम्भिक छानबिनको प्रक्रिया अंगाडि- बढाउन आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको उजुरीको अध्ययन गर्दा प्रथम दृष्टिमा नै महिला हिंसा भएको, सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा वञ्चित गरेको वा हुनसक्ने देखिएमा जुन व्यक्ति वा निकायले त्यस्तो कार्य गरेको वा गर्न लागेको हो त्यस्तो व्यक्ति वा निकायलाई बाटोको म्याद बाहेक तीन दिनभित्र आयोग समक्ष आफ्नो भनाइ राख्न उपस्थित हुन वा आफ्नो विवरण पेश गर्न अनुसूची- ३ बमोजिमको ढाँचामा सूचना जारी गर्नु पर्नेछ ।
(३) उपनियम; (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले घटनाको गाम्भीर्यको आधारमा तत्काल छानबिन गर्नु पर्ने देखेमा चौबीस घण्टाभित्र छानबिन प्रक्रिया अगाडि बढाई पीडकलाई आयोग समक्ष उपस्थित गराउन आदेश दिन सक्नेछ ॥