दफा
उजुरी दिन सक्नेः

(१) दफा ४ बमोजिम ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु पर्ने कर्तव्य भएको परिवारको सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह नगरेमा वा गर्ने व्यवस्था नगरेमा त्यस्तो ज्येष्ठ नागरिकले पालनपोषण तथा हेरचाहको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्षसमक्ष उजुरी दिन सक्नेछ ।साथै आफ्नो टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह यथोचित भईरहेको छैन भन्ने लागेमा कारण सहित सम्बन्धित छिमेकीले समेत उजुरी दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम कुनै उजुरी परेमा त्यस्तो उजुरीउपर वडा अध्यक्षले आवश्यक जाँचबुझ गरी निज र निजलाई पालनपोषण तथा हेरचाह गर्नु पर्ने परिवारको सदस्य, नातेदार वा हकवालाबीच मेलमिलाप गराइदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम मेलमिलाप हुन नसकेमा वडा अध्यक्षले त्यस्तो ज्येष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्न परिवारको सदस्य नातेदार वा हकवालालाई लिखित आदेश दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम वडा अध्यक्षले दिएको आदेश सम्बन्धित वडा कार्यालयको सूचनापाटीमा र अन्य उपयुक्त स्थानमा टाँस्न लगाउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम वडा अध्यक्षले दिएको आदेश चित्त नबुझ्ने पक्षले सो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित स्थानीय तहको न्यायिक समिति समक्ष निवेदन दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिमको निवेदन परेमा सम्बन्धित स्थानीय तहको न्यायिक समितिले दुवै पक्षलाई बोलाई सम्झाइ–बुझाइ ज्येष्ठ नागरिकलाई पालनपोषण तथा हेरचाह गर्न परिवारको सदस्य, नातेदार वा हकवालालाई लिखित आदेश दिन सक्नेछ ।
(७) उपदफा (६) बमोजिम गाउँ कार्यपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखले दिएको आदेश सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सूचनापाटीमा र अन्य उपयुक्त स्थानमा टाँस्न लगाउनु पर्नेछ ।
(८) उपदफा (३) वा (६) बमोजिमको आदेशको पालना सम्बन्धित व्यक्तिले गर्नु पर्नेछ । निजले त्यस्तो आदेशको पालना नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिको सम्बन्धमा कुनै पनि विषयको सिफारिस गर्न वडा अध्यक्ष, गाउँ कार्यपालिकाको अध्यक्ष वानगरपालिकाको प्रमुख बाध्य हुने छैन ।
(९ ) उपदफा (३) वा (६) बमोजिमको आदेशको पालना नगर्ने व्यक्तिले त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग हनेछ। भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको त्यस्तो चल अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा- लगाउन सक्नेछ ।
(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ .नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले (पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा (हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र. अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यसरी पालनपोषण तथा हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निज ज्येष्ठ नागरिकको हक, हितका लागि परिचालन गर्नेछ ।