नियम ४४
उजुरी निवेदनसम्बन्धी प्रक्रिया
: (१) सहकारी संस्थाले आफूले असुलउपर गर्नुपर्ने रकम असुलउपर गर्न नसकेको खण्डमा असुलउपर गराई पाउन कर्जा असुली न्यायाधिकरणसमक्ष उजुरी दिनु पर्नेछ ।

तर यसरी उजुरी दिनुभन्दा अघि उजुरीकर्ता सहकारी संस्थाले कर्जा असुलउपर गर्न यथेष्ट मात्रामा प्रयास तथा कारबाही भएको हुनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा सम्बन्धित सहकारी संस्थाले दाबी गरेको रकमको शुन्य दशमलव दुई पाँच प्रतिशतले हुन आउने रकमसमेत कर्जा असुली शुल्कबापत अग्रिम रूपमा कर्जा असुली न्यायाधिकरण समक्ष बुझाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको निवेदन कर्जाको भाखा नाघेको एक वर्षपछिको चार वर्षभित्र दिनु पर्नेछ ।

तर यो नियमावली प्रारम्भ हुनुअघि पाँच वर्षभन्दा बढी: अवधि भाखा नाघेको कर्जाका हकमा यो नियमावली प्रारम्भ भएको मितिले दुई वर्षभित्र निवेदन दिन सकिनेछ ।