नियम
उजुरी र निर्णय
(१) नियम ४ को उपनियम (२) बमोजिम प्रकाशित सूचनामा चित्त नवुझ्ने व्यक्तिले अनुसूची–५ बमोजिमको ढाँचामा नापी टोली समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको उजुरी उपर छानविन गर्दा तेरो मेरो सम्बन्धी प्रश्न उठेकोमा बाहेक नापी टोलीले सो सम्बन्धमा पन्ध्र दिनभित्र निर्णय गर्नु पर्नेछ ।