नियम १४
उजुरी-खारेज वा तामेलीमा राख सकिने
(१) आयोग समक्ष प्राप्त हुनआएको उजुरी वा कुनै स्रोतबाट प्राप्त हुन आएको जानकारी अध्ययन गर्दा त्यस्तो निवेदन वा जानकारीको सम्बन्धमा देहायको अवस्था देखिएमा आयोग वा आयोगले तोकेको सदस्यले त्यस्तो निवेदनबाट कारबाही नचलाउने गरी तामेलीमा राख चा खारलन पार्न याठणा टिस सक्सत्द" - (क) झुट्टा वा काल्पनिक निवेदन दिएको,

(ख) आयोगको क्षेत्राधिकार भन्दा ८ बाहिरको विषय भएको,

(ग) अदालतमा विचाराधीन रहेको - मुद्दाको विषय भएको,

(घ) उजुर गर्ने व्यक्ति वा पीडित व्यक्तिको नाम उल्लेख नभएमा र आयोगले सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको,

(ङ) आयोगद्वारा/छानबिन गर्नु नपर्ने किसिमका ज्यादै सामान्य विषयमा आयोग समक्ष निवेदन दिएको,

(च) आयोगले एकपटक कारबाही सम्पन्न गरेको विषयमा पुन निवेदन परेको,

(छ) _प्रचलित कानून बमोजिम अन्य कुनै निकायबाट अनुसन्धान भइरहेको वा भइसकेको विषय भएको ।

तर कुनै उजुरी रीत नपुगेका कारणले तामेलीमा रहेकोमा पुन रीतपूर्वकको उजुरी म्यादभित्र पर्न आएमा कारबाही गर्न बाधा पर्ने छैन ।

(२) आयोगमा पेश भएको उजुरी अध्ययन गर्दा उपनियम (१) को अवस्था विद्यमान देखिएमा वा त्यस्तो अवस्था रहेको छ भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो उजुरी तामेलीमा राख्ने वा खारेज गर्ने निर्णय गरी सोको लिखित सूचना अनुसूची-४ बमोजिमको ढाँचामा सात दिनभित्र उजुर गर्ने व्यक्तिलाई दिनु पर्नेछ ।