नियम २०
उडान योग्यताको प्रमाणपत्र खारेज वा निलम्वन

(१) कुनै वायुयानको सम्बन्धमा प्रदान गरिएको उडान योग्यताको प्रमाणपत्रमा उल्लिखित शर्त, गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाको विपरित वायुयान उडान गरेमा महानिर्देशकले त्यस्तो वायुयानको उडान योग्यताको प्रमाणपत्र खारेज गर्ने वा सोही आदेशमा उल्लेख भएको अवधिसम्मको लागि निलम्वन गर्ने आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उडान योग्यताको प्रमाणपत्र खारेज वा निलम्वन गर्ने आदेश दिनु अघि सम्बन्धित संस्थालाई सफाई पेश गर्ने मनासिव माफिकको मौका दिनु पर्नेछ ।