नियम १९
उडान योग्यताको प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था

(१) यस नियमावली
बमोजिम वायुयानको नियमित निरीक्षणको क्रममा कुनै वायुयान सुरक्षाको दृष्टिकोणले उडान गर्न नहुने गरी बिग्रिएको अवस्थामा फेला परेमा सोको मर्मतको लागि महानिर्देशकले अन्यथा आदेश दिएकोमा बाहेक यस नियमावली बमोजिम दिईएको उडान योग्यताको प्रमाणपत्रको अवधि बढीमा एक आर्थिक वर्र्षको हुनेछ ।
(२) उपनियम (१) बमोजिम अवधि समाप्त हुनु अगावै उडान योग्यताको प्रमाणपत्र नवीकरणको लागि अनुसूची–१ मा उल्लेख भए बमोजिमको नवीकरण शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइने दरखास्तको ढाँचा र हवाई उडान योग्यताको प्रमाणपत्र नवीकरण सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।