दफा २४
उत्पादन अनुमति
: (१) विभागले ठेकेदारको विकास कार्यक्रम र बजेट स्वीकृत गरिसकेपछि उत्पादन क्षेत्रसमेत उल्लेख गरी ठेकेदारलाई उत्पादन अनुमति प्रदान गर्नेछ । त्यस्तो उत्पादन क्षेत्र स्थल समावेश भएको भौगर्भिक नियामकहरू (जियोग्राफिकल कोअर्डिनेटस्) भएको बहुभूजीय (पोलिगोन) आकारको हुनेछ र त्यस्तो उत्पादन क्षेत्रमा करार क्षेत्रभित्रको स्थल र स्थल क्षेत्रमा नबढ्ने गरी मध्यवर्ती क्षेत्र (बफरजोन) समेत समावेश हुनेछ ।
(२) ठेकेदारले करार क्षेत्रमा एकभन्दा बढी व्यापारिक स्थल पत्ता लगाएमा प्रत्येक स्थलको लागि बेग्ला बेग्लै उत्पादन अनुमति प्रदान गरिनेछ ।
(३) ठेकेदारले कच्चा तेलसँग संलग्न नरहेको र व्यापारिक प्रयोगको विकास पनि भैनसकेको प्राकृतिक ग्याँस भएका स्थल पत्ता लगाएमा र ठेकेदारले अन्वेषण अवधि समाप्त हुनु अगावै प्राथमिक विकास कार्यक्रमसहित उत्पादन अनुमतिको लागि आवेदन गरेमा विभागले ठेकेदारलाई व्यापारिक बजारको विकास गर्न समर्थ बनाउन पाँच (५) वर्षको प्राथमिक अवधिको लागि उत्पादन अनुमति प्रदान गरिनेछ । उक्त पाँच (५) वर्ष (र त्यसपछिको प्रत्येक पाँच (५) वर्ष) को अवधि समाप्त हुनु अगावै विभाग र ठेकेदारले प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकासको पुनरावलोकन गर्नेछन् र दुवै पक्षले चाहेमा दफा २३ को अधीनमा रही प्रत्येक पटक बढीमा पाँच (५) वर्षसम्मका लागि उत्पादन अनुमतिको म्याद नवीकरण गर्न सकिनेछ । ठेकेदारले त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक निकास पाउना साथै विभागमा विस्तृत विकास कार्यक्रम पेश गर्नेछ ।