दफा २५
उत्पादन क्षेत्रको हेरफेर
: उत्पादन अनुमति प्रदान गरिसकेपछि सम्बन्धित स्थलको फैलावट उत्पादन अनुमतिमा तोकिएको भन्दा फरक पाइएमा अनुमतिमा उल्लेख उत्पादन क्षेत्रमा सोही अनुसार हेरफेर गरी मिलाइनेछ । तर त्यसरी मिलाइएको सम्पूर्ण क्षेत्र परित्याग गरिनसकेको करार क्षेत्रभित्र परेको हुनु पर्नेछ ।