दफा ३४
उत्पादनको बाँडफाँड
: (१) उत्पादन बाँडफाँड गर्ने प्रयोजनको लागि करार क्षेत्रबाट ठेकेदारले उत्पादन गरेको पेट्रोलियम भन्नाले करार क्षेत्रभित्र प्रत्येक स्थलबाट उत्पादन गरेको जम्मा पेट्रोलियममा (पेट्रोलियम कार्यमा प्रयोग गरेको परिमाण कटाई) बाँकी रहेको र प्रत्येक स्थलको मुख्य सङ्कलन केन्द्रमा वा आपसमा मञ्जुर गरेको अन्य केन्द्रमा नाप्ने यन्त्रद्वारा नापिएको पेट्रोलियम सम्झनु पर्छ ।
(२) करार क्षेत्रबाट ठेकेदारले उत्पादन गरेको पेट्रोलियमको बाँडफाँड देहायबमोजिम गरिनेछ ः-
(क) ऐनको दफा १३ बमोजिम नेपाल सरकारले रोयल्टी वापत १२।। प्रतिशत राख्नेछ ।
(ख) खण्ड (क) बमोजिमको परिमाणमा पेट्रोलियम राखिसकेपछि ठेकेदारलाई चालू र विगत वर्षहरूको उठाउन बाँकी पेट्रोलियम खर्च बराबरको मूल्यको परिमाणमा पेट्रोलियम लिने अधिकार हुनेछ ।
(ग) खण्ड (क) र (ख) बमोजिम वितरण गरेपछि बाँकी रहन गएको पेट्रोलियम देहायको तालिका बमोजिम बाँडफाँड गरिनेछ ः-– स्पष्टीकरण : “खूद पेट्रोलियम” भन्नाले रोयल्टी राखिसकेपछि र पेट्रोलियम खर्च उपर गरेपछि नेपाल सरकार र ठेकेदारबीच बाँडफाँड गर्न उपलब्ध पेट्रोलियम सम्झनु पर्दछ ।