दफा २४
उद्योगलाई बिक्री गरेको कच्चापदार्थको महसुल फिर्ता दिने
(१) ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै पैठारीकर्ताले पैठारी गरेको वस्तु विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगलाई विभागको पूर्वस्वीकृति लिई कच्चापदार्थको रूपमा बिक्री गरेमा निजले त्यस्तो वस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनको लागि वस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण तथा कागजात संलग्न गरी त्यस्तो वस्तु जुन भन्सार ८ कार्यालयबाट पैठारी गरेको हो सोही भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ:-

(क) वस्तु पैठारी गर्दाको बीजक, प्रज्ञापनपत्र र्‌ नगदी रसिद,

(ख) खरिदकर्ता उद्योग र किगत्रेता पैठारीकर्ताबीच त्यस्तो वस्तु खरिद बिक्री गर्ने सम्बन्धमा भएको सम्झौतापत्र,

(ग) वस्तु बिक्री गरेको बीजक,

(घ) खरिदकर्ता उद्योगले त्यस्तो वस्तु खरिद गरेको देखिने; खरिद खाताको प्रमाणित प्रतिलिपि,

(ङ) खरिदकर्ता उद्योगबाट भुक्तानी प्राप्त गरेको प्रमाण॥

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी महसुल फिर्ता दिनु पर्ने देखिएमा निवेदन प्राप्त भएको मितिले तिस दिनभित्र निवेदकलाई महसुल फिर्ता दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदकले माग गरेको रकम पूर्ण/वा. आंशिक रूपमा फिर्ता गर्न नमिल्ने देखिएमा कारण खुलाई सोको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले आफ्नो पैठारी मूल्यमा भन्सार महसुल समेत समावेश गरी त्यस्तो वस्तु बिक्री गरेको रहेछ भने निजले पैठारी गर्दा तिरेको भन्सार महसुल फिर्ता दिइने छैन।