नियम १५
उद्योगले बिक्री कक्ष खोल्न सक्ने
(१) ऐन तथा यस नियमावली बमोजिम विदेशी लगानीमा स्थापना भएको उद्योगले प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट स्वीकृति लिई आफूले उत्पादन गरेको वस्तुको फुटकर बिक्रीको लागि उद्योग परिसरमा छुट्टै बिक्री कक्ष खोल्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम खोलिएको बिक्री कक्षबाट सोही उद्योगबाट उत्पादित वस्तु मात्र बिक्री गर्न पाइनेछ ।
(३) यस नियम बमोजिम बिक्री कक्ष खोली गरिने कारोबारको लेखा सम्बन्धित उद्योगले राख्नु पर्नेछ।