दफा २४
उपकुलपति
(१) उपकुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) उपकुलपतिकोे पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिले सभाका सदस्यहरूमध्येबाट नेपाल सरकारको शिक्षा विषय हेर्ने मन्त्रालयको सचिव र कम्तीमा एक जना महिला समेत रहने गरी तीन सदस्यीय एक समिति गठन गर्नेेछ ।
(३) उपदफा (२) बमोजिमको समितिले उपकुलपतिको पदमा नियुक्त हुने योग्य तीन जना व्यक्तिको नाम सिफारिस गर्नु पर्नेछ र यसरी सिफारिस भएका व्यक्तिहरूमध्येबाट कुलपतिले उपकुलपतिकोे नियुक्ति गर्नेछ ।
(४) विश्वविद्यालयको सबै काम कारबाही उपर उपकुलपतिको सामान्य नियन्त्रण रहनेछ र निजले विश्वविद्यालयको काम कारबाहीमा निर्देशन दिन र रेखदेख गर्न सक्नेछ ।
(५) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ ।
(६) कुलपति र सहकुलपतिको अनुपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोहमा उपकुलपतिले अध्यक्षता गर्नेछ ।
(७) उपकुलपतिले सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।
(८) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा कुनै निकाय वा अधिकारीले गर्ने भनी उल्लेख भएका कामहरू बाहेक अन्य कामहरू उपकुलपतिले गर्नेछ । त्यसरी उपकुलपतिले कुनै काम गरेकोमा त्यस्तो कामको जानकारी तुरुन्त कुलपतिलाई गराई लगत्तै बस्ने सभाको बैठकद्वारा अनुमोदन गराउनु पर्नेछ ।
(९) उपकुलपतिको अनुपस्थितिमा निजको काम कुलपतिबाट व्यवस्था भए बमोजिम हुनेछ ।
(१०) उपकुलपतिको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन् ।