दफा
उपचार खर्च

(१) प्रदेश प्रमुख स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ ।

(२) प्रदेश प्रमुख अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत एक जनाको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।

(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रमुख भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ ।