दफा ५
उपचार तथा घा जाँच गराउन पर्ने
: (१) कुनै पीडित शारीरिक वा मानसिक रुपमा अशक्त भएको देखिएमा प्रहरी कार्यालयले निजलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगी तत्काल उपचार गराउनु पर्नेछ ।
(२) पीडितलाई कुनै शारीरिक चोटपटक वा मानसिक यातना पुगेको देखिएमा प्रहरी कार्यालयले पीडितको उपचारमा संलग्न चिकित्सकबाट निजको घा जाँच वा परीक्षण गराउनु पर्नेछ ।
(३) पीडितलाई तत्काल मनोविमर्श सेवा उपलब्ध गराउन आवश्यक देखिएमा प्रहरी कार्यालयले सम्बन्धित विज्ञद्वारा निजलाई मनोविमर्श सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेछ ।