दफा ११
उपसमिति गठन गर्न सक्ने :

(१) परिषद्ले आफ्नो कार्य सुचारु रूपले सञ्चालन गर्नका लागि आवश्यकता अनुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिहरूको काम, कर्तव्य, अधिकार तथा कार्यविधि परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।