दफा १७
उपसमिति गठन गर्न सक्ने
(१) बोर्डले आफ्नो काम कारबाहीको सम्बन्धमा आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि बोर्डले त्यस्तो उपसमिति गठन गर्दाको बखत निर्धारण गरे बमोजिम हुनेछ ।