दफा १७
उपसमिति गठन गर्न सक्ने

१७. उपसमिति गठन गर्न सक्ने ः

(१) बोर्डले कुनै सदस्यको संयोजकत्वमा आवश्यता अनुसार विशेषज्ञ सहितको उपसमिति गठन गरी विशेष जिम्मेवारी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उपसमितिका सदस्यले पाउने सुविधा अर्थ मन्त्रालयको स्वीकृति लिई उक्त उपसमिति गठन गर्दाका बखत बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।